You are viewing the translated version of दूधमा आधारित पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई अन्त.

Section 39
दूधमा आधारित पेय पदार्थ उत्पादन गर्ने उद्योगलाई अन्त
शुल्क छुट सम्बन्धी विशेष व्यवस्थाः अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क निर्धारण र असुल गरी विवरण पेश गर्नुपर्ने दायित्व भएका स्वयं निष्कासन प्रणालीमा आधारित अन्तःशुल्क इजाजतपत्र लिएका वा नलिएका दुधमा आधारित सुवासयुक्त पेय पदार्थ उत्पादन गर्ने, उोगले इजाजतपत्र नलिएको भए इजाजतपत्र लिई संवत्‌ २०७९ साल चैत्र मसान्तसम्मको कारोबारको बुझाउनु पर्ने अन्तःशुल्क विवरण र अन्तःशुल्क रकम संवत्‌ २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम लाग्ने जरिबाना र विलम्ब शुल्क मिनाहा हुनेछ। त्यस्तो कारोबारमा कर निर्धारण भई बक्यौता रहेका वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई त्यस्तो कारोबारको बुझाउनु पर्ने अन्तःशुल्क रकम संवत्‌ २०८० साल असोज मसान्तसम्म दाखिल गरेमा सोमा लाग्ने जरिबाना र विलम्ब शुल्क मिनाहा हुनेछ।